शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डो १० औँ पटक पोर्चुगल वर्ष खेलाडी

मङ्गलबार, १७ भदौ २०७६, ११ : २२
मङ्गलबार, १७ भदौ २०७६

एजेन्सी । सुपर स्टार क्रिस्टीयानो रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन् ।

फुटबलका सबै खाले उपाधि जितिसकेका रोनाल्डोलाई यसवर्ष पनि पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । ३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक सन् २००७ देखि लगातार यस अवार्ड जितेका छन् ।

यसअघि सन् २०१० मा सिमाउ र २०१४ मा पेपेलाई पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्ड जित्ने क्रममा रोनाल्डोले एथ्लेटिको म्याड्रिडका जोआओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फर्नान्डेज र वल्भ्सका रुविन नेभिसलाई पछि पारेका थिए ।

इटालियन क्लब युभेन्ट्समा जमिरहेका रोनाल्डो यसवर्षको फिफा अवार्डको पनि अन्तिम सुचीमा रहेका छन् ।

फिफा वर्ष खेलाडी अवार्डका लागि रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भान डाइकको नाम अन्तिम तीनमा छ ।

यसैगरी पेर्चुगल वर्ष अवार्डमा बेनफिकाको महिला र पुरुष दुवै टोलीले ‘टिम अफ दि इयर’ तथा प्रशिक्षक ब्रुनो लागेले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप