रोनाल्डो १० औँ पटक पोर्चुगल वर्ष खेलाडी
एजेन्सी । सुपर स्टार क्रिस्टीयानो रोनाल्डो १०औँ पटक पोर्चुगल वर्ष खेलाडी घोषित भएका छन् ।
फुटबलका सबै खाले उपाधि जितिसकेका रोनाल्डोलाई यसवर्ष पनि पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको हो । ३४ वर्षीय रोनाल्डोले सन् २०१० र २०१४ बाहेक सन् २००७ देखि लगातार यस अवार्ड जितेका छन् ।
यसअघि सन् २०१० मा सिमाउ र २०१४ मा पेपेलाई पोर्चुगल वर्ष खेलाडी अवार्ड प्रदान गरिएको थियो ।
यस अवार्ड जित्ने क्रममा रोनाल्डोले एथ्लेटिको म्याड्रिडका जोआओ फिलिक्स, म्यानचेस्टर सिटीका बेर्नार्डो सिल्भा, स्पोर्टिङ लिस्बनका ब्रुनो फर्नान्डेज र वल्भ्सका रुविन नेभिसलाई पछि पारेका थिए ।
इटालियन क्लब युभेन्ट्समा जमिरहेका रोनाल्डो यसवर्षको फिफा अवार्डको पनि अन्तिम सुचीमा रहेका छन् ।
फिफा वर्ष खेलाडी अवार्डका लागि रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भान डाइकको नाम अन्तिम तीनमा छ ।
यसैगरी पेर्चुगल वर्ष अवार्डमा बेनफिकाको महिला र पुरुष दुवै टोलीले ‘टिम अफ दि इयर’ तथा प्रशिक्षक ब्रुनो लागेले उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण