प्रियंका चोपडाले इन्स्टाग्राम पोष्टमा श्रीमान् निकको गलत उमेर लेखिन्, गरियो ट्रोल
नायिका प्रियंका चोपडाले इन्स्टाग्राममा श्रीमान् निक जोनसको उमेर गलत लेखेपछि ट्रोलको शिकार भएकी छिन् । वास्तवमा, नायिकाले निकसँगको एउटा फोटो सेयर गर्दै उनलाई टकिला ब्रान्ड भिल्ला भ्यानको लञ्चमा बधाई दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंमाथि गर्व छ । २७ वर्षको उमेरमा तपाईं आफ्नै टिकलाको मालिक हुनुहुन्छ ।’
पोस्ट हेरेपछि थुप्रै इन्स्टा प्रयोगकर्ताले उनलाई निकको उमेर २७ नभई २६ भएको याद दिलाए ।
मानिसहरुले गरे यस्तो कमेन्टः
एक प्रयोगकर्ताले लेखे, ‘उनी अहिले २६ वर्षमा छन्, २७ होइनन् ।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘१४ दिनका लागि २६ वर्ष ।’

एक अन्य प्रयोगकर्ताले लेखे, ‘तिमी उसको लायक नै छैनौं । तिमीलाइ उसको सही उमेर पनि थाहा छैन ।’
यस्तै, एक प्रयोगकर्ता लेख्छन्, ‘जब तपाईंले उमेर भिन्नतालाई कम गर्ने कोसिस गरे । उनी २६ वर्षका हुन् ।’
स्मरण रहोस्, निकको जन्म १६ सेप्टेम्बर सन् १९९२ मा भएको थियो । यो हिसाबले उनी अहिले पनि २६ वर्षका छन् । ३७ वर्षकी प्रियंकाले डिसेम्बर २०१८ मा निकसँग विवाह गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




