स्याङजामा जीप दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, १८ भदौ २०७६, १६ : ०४
स्याङजा– स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४०० मिटर तल खस्दा जीपमा सवारमध्येकी एक महिला र एक बालकको मृत्यु भएको हो । मृत्यु भएका दुवै जनाको सनाखत हुन सकेको छैन ।
२६ जना घाइतेमध्ये केहीलाई तानसेन रिफर गरिएको छ भने केहीको स्थानीय गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कदै गरेका महिला धेरै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने