सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रहरी हुँ भन्दै धम्की दिएर पैसा माग्ने दुई जना पक्राउ

बुधबार, १८ भदौ २०७६, २० : ०८
बुधबार, १८ भदौ २०७६

काठमाडौं– प्रहरी हुँ भन्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धम्की दिएको भन्ने सूचनाका आधारमा खोजी गर्दै जाँदा काठमाडौँको हल चोकबाट ताप्लेजुङका हिमाल लिम्बू र तेह्रथुमका भक्तबहादुर लिम्बूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए।

उनीहरुले महाशाखाको प्रहरी सहायक निरीक्षक र हवल्दार भएको भन्दै काठमाडौँको स्वयम्भूका २६ वर्षीय धर्मगुरु आनान्दा छोरातेलाई रु दुई लाख रकम माग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु हाल सामाखुसीमा बस्दै आएको खुलेको छ ।  उनीहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप