पूर्वसभासद डीबी कार्की पक्राउ
बिहीबार, १९ भदौ २०७६, १२ : २९
१
काठमाडौँ– तत्कालीन नेकपा एमालेका सभासद् डोलबहादुर (डीबी) कार्की पुनः पक्राउ परेका छन् ।
कार्कीलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको हो ।
कार्कीलाई अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा पक्राउ गरेको सिआइवीले जनाएको छ । उनीमाथि (पुरानो मुद्दा) प्रहरीमा जागिर लगाइदिने नाममा रकम असुलेको आरोपसहित अदालतले ६ महिना कैदको सजाय सुनाएको थियो । सिआइवीका प्रवक्ता दिपक रेग्मीले जानकारी दिए ।
यसअघि तत्कालीन एमालेका तर्फबाट सभासद रहेका कार्की २०६७ भदौमा पक्राउ परेका थिए ।
पक्राउपछि सोही साल चैतमा ५ लाख धरौटी बुझाएर रिहा भएका उनी प्रहरीको फरार सुचीमा थिए । त्यसवेला कार्कीसँगै स्वामी ब्रम्हानन्द उदास पनि पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
-
युएनडीपीको प्रश्न– ग्रिन फाइनान्सको क्षेत्रमा नेपालको स्पष्ट नीति के छ ?
-
अमेरिकाले एमडीएचको ३१ प्रतिशत मसला पठायो फिर्ता
-
ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारलाई राहत सामग्रीहरु प्रदान
-
पोखरामा प्रदूषणले उकुसमुकुस: उडान ठप्प, जनजीवन प्रभावित
-
टी–२० विश्वकप खेल्न टोली घोषणा गर्यो न्युजिल्यान्डले