फ्यानले इलियानलाई भर्जिनिटीको प्रश्न सोधेपछि उनले उल्टै सोधिन्: ‘तपाइको आमा के गर्नुहुन्छ ?’
मुम्बई– सोशल मिडियामा बलिउडका सेलिब्रेटी निकै सक्रिय रहन्छन् । कहिले कहिले त उनीहरु आफ्नो फ्यानसँग सिधै सम्पर्क पनि बनाउँछन् । सो समय उनीहरुले फ्यानबाट जीवनसँग जोडिएका केही भद्दा प्रश्नको पनि सामना गर्नुपर्ने हुन्छ ।
यस्तै सामना अहिले अभिनेत्री इलियाना डिक्रुजे पनि गर्नुपरेको छ । उनले हालै इन्स्टाग्राममा ‘आक्स मि एनिथिङ’ सेशन राखेकी थिइन् । उनको फ्यानसँग प्रश्न उत्तर चलिरहेको थियो । सोही क्रममा एक व्यक्तिले उनलाई भर्जिनिटीको बारेमा प्रश्न सोधे ‘तपाइले भर्जिनिटी कहिले गुमाउनुभएको थियो ?
प्रश्नको जवाफमा उनले भनिन् ‘तपाइको आमा के गर्नुहुन्छ ? त्यतिमात्र होइन उनले उक्त व्यक्तिको प्रश्न र आफ्नो जवाफ स्क्रिनसट गरेर सबै माझ शेयर समेत गरिन् । इलियानालाई यस्तो प्रश्नको सामना गर्नुपरेको यो पहिलो पटक हो । यस अगाडि यस्तै प्रश्नको सामना अभिनेता टाइगर श्रोपले पनि गरेका थिए ।

इलियाना अहिले फिल्म ‘पागलपन्ती’मा काम गरिरहेकी छन् । यसको निर्देशक हुन् अनीस बज्मी । फिल्मका उनको अलवा जोन अब्राहम, अनिल कपुर,अरशद वारसी लगायत कलाकारको पनि अभिनय रहेको छ । फिल्मको रिलिज मिति ८ नोभेम्बर भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण