खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग
काठमाडौं– प्रतिनिधिसभाको विकास समितिको बैठकमा खानेपानी सम्बन्धि सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ । विकास तथा प्रविधि समितिको बैठकमा नेपाली काँग्रेसका सांसद राजन केसीले खानेपानी सम्बन्धि काम गर्ने सबै कार्यालयहरुलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन् । काठमाडौँ उपत्यका लगायत धेरै शहरमा खानेपानी सम्बन्धि काम गर्न भिन्नभिन्न कार्यालयहरु भएकोले जनताले दुःख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन पनि प्राधिकरण गठन गर्नुपर्ने बताए । विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेश गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भैरहेको छ । छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताए ।
यस्तै समितिमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न समेत गरे । बैठकमा उपस्थित भएकी खानेपानी तथा सरसफाई मन्त्री बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्षेनी बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गरे ।
नेपाल सरकारले स्वच्छ तथा गणुस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गर्ने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गणुस्तरीय खानेपानी र सरसफाई सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोर पानीको व्यवस्थापन गने भन्दै पहिलोपटक खानेपानी तथा सरसफाइ सम्बन्धमा विधेयक बनाई सदनमा पेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण