आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सेरेना युएस ओपनको फाइनलमा

शुक्रबार, २० भदौ २०७६, १० : ५५
शुक्रबार, २० भदौ २०७६

एजेन्सी । अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।

शुक्रबार बिहान भएको खेलमा आठौँ वरियताकी सेरेनाले पाँचौँ वरियताकी युक्रेनी खेलाडी एलिना एसभिटोलिनालाई ६–३, ६–१ ले पराजित गरिन् ।

एलिनामाथि सहज जित निकालेसँगै ३७ वर्षीया सेरेना किर्तिमानी २४ औँ ग्रान्डसलाम उपाधिको बराबरी नजिक पुगेकी छन् ।

६ पटक युएस ओपन विजेता सेरेनाले फाइनलमा क्यानडाकी वियन्का एन्डे«स्क्यूसँग प्रतिस्पर्धा गर्ने छिन् ।

शुक्रबार नै भएको अर्कोे सेमिफाइनल खेलमा वियन्काले स्वीस खेलाडी वेलिन्डा वेन्सिचलाई ७–६, ७–५ ले हराउँदै फाइनलमा स्थान बनाएकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप