आज पनि यी नायिकाको सुन्दरतामा कायल हुन्छन् अमिताभ बच्चन, कुनै बेला उठाएका थिए उनको जुत्ता
अमिताभ बच्चनलाई बलिउडका महानायक भनिन्छ र उनका करोडौं प्रशंसक छन् तर के तपाईंलाई थाहा छ ? अमिताभ बच्चन कसका प्रशंसक हुन् ? हालै सिंगिंग रियालिटी शो सुपरस्टार सिंगरमा अमिताभले आफू नायिका वहिदा रहमानमा निकै ठूलो प्रशंसक भएको खुलासा गरेका छन् । यतिबेला अमिताभले उनीसँग सम्बन्धित विभिन्न कुराको खुलासा गरे ।
अमिताभ बच्चनले त्यतिबेला आफूले वहिदा रहमानमा आइडल मान्ने बताएका थिए । उनीबारे अमिताभले भने, ‘उनी एक सुन्दर महिला मात्रै नभई उत्कृष्ट नायिका एवं राम्रो मानिस पनि हुन् ।’
वहिदासँग जोडिएको यो पललाई अमिताभले बताए विशेषः
अमिताभले भने, ‘पहिलो पटक मैले उनीसँग फिल्म रेशमा र शेरामा काम गर्ने मौका पाएँ । सुटिङको क्रममा एउटा सीनका लागि सुनिल दत्त र वहिदा जीले जुत्ता लगाएर पनि उभिन मुश्किल तातो बालुवामा बस्नु परेको थियो । जब डाक्टरले ब्रेक भने त मैले समय बर्बाद नगरिकनै वहिदा जीको जुत्ता उठाएर उनीतर्फ दौडिएँ । म बयान गर्न सक्दिनँ कि त्यो पल मेरो लागि कति विशेष छ ।’
उनले थपे, ‘वहिदा जी भारतीय महिलाको उत्कृष्ट उदाहरण हुन् । उनले बलिउड इन्डष्ट्रिमा निकै ठूलो र अविश्वसनीय योगदान दिएकी छिन् जुन शब्दमा बयान गर्न सकिँदैन ।’
अमिताभले वहिदा रहमानसँग जोडिएको वास्तविकताबारे गरे खुलासाः
यस्तै, अमिताभ बच्चनले वहिदा रहमान र आफ्नो परिवारसँग जोडिएको एउटा वास्तविकताबारे खुलासा गरे । उनले भने, ‘म वहिदाजीसँग जोडिएको एक रोचक तथ्य सेयर गर्न चाहन्छु । वहिदा जीले मेरो परिवारका तीन व्यक्तिसँग काम गरेकी छिन् र उनले ती सबैको आमाको भूमिका निभाएकी छिन् । फोगुन (सन् १९७३) मा उनले मेरी श्रीमती जया बच्चन, ओम जय जगदीश (सन् २००२) मा अभिषेक बच्चन र त्रिशुल (सन् १९७८) मा मेरी आमाको भूमिका निभाएकी थिइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण