उर्जामन्त्री पुन र रसियन राजदूतबीच भेटवार्ता
काठमाडौं– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्त र रसियन राजदूत अलेक्जी ए नोभिकोभबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो ।
भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक कालदेखी नै सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे । उनले रसियाले विगतमा पनि पनौती हाईड्रो, पूर्व–पश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।
मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसग आग्रह गरे । ‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाटभन्दा माथिको परियोजनाको पिपिए पनि सरकारले गर्छ । यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो ।’ मन्त्री पुनले भेटमा भने ।
जवाफमा राजदूत नोभिकोभले उर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लगानी वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण