शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उर्जामन्त्री पुन र रसियन राजदूतबीच भेटवार्ता

शुक्रबार, २० भदौ २०७६, १६ : ३२
शुक्रबार, २० भदौ २०७६

काठमाडौं– उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन अनन्त र रसियन राजदूत अलेक्जी ए नोभिकोभबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो । 

भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक कालदेखी नै सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।  उनले रसियाले विगतमा पनि पनौती हाईड्रो, पूर्व–पश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे ।

मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसग आग्रह गरे । ‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाटभन्दा माथिको परियोजनाको पिपिए पनि सरकारले गर्छ । यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो ।’ मन्त्री पुनले भेटमा भने ।

जवाफमा राजदूत नोभिकोभले उर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लगानी वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता समेत  व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप