यू १९ एसिया कप : श्रीलंकासँग नेपाल पराजित
काठमाडौं – एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । शुक्रबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल म्याथडको आधारमा ५ विकेटले पराजित भएको हो ।
वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाएको थियो ।
श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रन बटुले । यस्तै अहान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए । बलिङतर्फ नेपालका राशिद खानले २ विकेट लिए भने पवन सरार्फ, कमल सिंह ऐरी र सागर ढकालको नाममा एक –एक विकेट हात पारे ।
टस जितेर ब्याटिङ रोजेको नेपालले पुरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो । ब्याटिङतर्फ नेपालका लागि रित गौतमले सर्वाधिक ५४ रन बनाए भन कप्तान रोहित कुमार पौडेलले ४७, राशिद खानले १५ तथा हरि बहादुर चौहानले १२ रनको जाडे ।
श्रीलंकाका लागि दिल्सान मधुशनका र नाभोद दिनुसरीले ३–३ विकेट लिए । यो जितसँगै समूह बीको श्रीलंकाले २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण