वीर अस्पतालमा डेङ्गु रोगको परीक्षण शुरु
काठमाडौं-काठमाडौं उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा आजदेखि शुरुआत गरेको छ ।
डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफैं खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिए । डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा मात्र हुने गर्दछ । टेकु अस्पतालमा बिरामी रिफर गर्दा अस्पतालले धान्न नसक्ने अवस्था आएपछि सबैभन्दा पुरानो अस्पतालले सेवा शुरुआत गरेको जनाएको छ ।
वीर अस्पतालले पनि आजदेखि डेङ्गु रोगको परीक्षण शुरु गरेको छ । परीक्षण गर्ने कीट आफैँ खरीद गरी वीर अस्पतालले आजदेखि डेङ्गु परीक्षण शुरु गरेको हो । उनले भने, “डेङ्गुको आशङ्का गरेपछि थप परीक्षणका लागि टेकु पठाउथ्यौँ । टेकुले पनि धान्न सक्ने अवस्था देखिएन । बिरामीको सङ्ख्या बढ्न थाल्यो । भर्ना भएका बिरामीलाई पनि लक्षण देखिन थाल्यो । त्यसैले कीट ल्याएर यहीँ परीक्षण गर्न थाल्यौँ ।”
अस्पतालले आकस्मिक र बहिरङ्ग दुवैतर्फ आउने बिरामीको सो रोग परीक्षण हुने व्यवस्था मिलाएको छ । बिरामीको सुविधाका लागि अस्पतालले रु ५०० मा कीटद्वारा परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । विसं २०७५ वैशाख महीनामा धरानमा देखापरेको सो रोग हाल देशका ५० भन्दाबढी जिल्लामा देखा परिसकेको छ । यसबाट मुख्य शहर काठमाडौँ, पोखरा, विराटनगर, धरान, चितवनमा प्रकोपका रुपमा देखापरेको छ ।
एकमात्र सरुवा रोग अस्पताल टेकुमा डेङ्गुको आशङ्कामा स्वास्थ्य परीक्षण गराउन आउने बिरामीको सङ्ख्या दैनिकरुपमा अत्यधिक वृद्धि भएको छ । बिहीबार मात्र करीब ४०० को स्वास्थ्य परीक्षण गर्दा १२३ जनामा डेङ्गु रोगको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यरत चार जना चिकित्सकसहित अन्य ११ जना स्वास्थ्यकर्मी स्वयं डेङ्गु रोगको सङ्क्रमण भएका अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले जानकारी दिए । अस्पतालमा डेङ्गु रोगीका उपचार गर्न २४ श्यया मात्र रहेको छ । अस्पतालले थप २० श्यया थप गर्ने तयारी गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण