नाडाल फाइनलमा प्रवेश
स्पेनिस स्टार राफेल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको खेलमा दोस्रो वरीयताका नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा हराए । नाडाल यससँगै पाँचौ पटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेटमा निकै मेहनत गर्नु परेपनि नाडालले त्यसपछिको सेटमा सहज जित निकालेका थिए । नाडालले ७–६ (८–६), ६–४, ६–१ को नतिजा निकालेका थिए । १८ पटककोे ग्रान्डस्लाम विजेता नाडालले फाइनलमा पाँचौ वरीयताका रसियाका ड्यानियल मेडेलेभसँग प्रतिस्पर्धा गर्नेछन् ।
मेडेलेभले बुल्गेरियाका ७८औ वरीयताका ग्रिगर दिमित्रोभलाई ७–६, ६–४, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए । २३ वर्षीय मेडेलेभल पहिलो पटक ग्रान्डस्लाम टेनिसको फाइनलमा पुगेका हुन् । महिलातर्फको फाइनलमा अमेरिकी स्टार सेरेना विलियम्स र क्यानडाकी वियान्का एन्डे«स्कुबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण