मन्त्री योगेश भट्टराईको उदाहरणीय काम, जन्मदिनमा चार वर्षीय बालकलाई सहयोग
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन् ।
विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आएका उनले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद रु २० हजार सहयोग प्रदान गरेका हुन् ।
सहयोग रकम समीर राईका अविभावकसम्म पुग्ने गरी ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष चित्रगुप्ता साँवा र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङलाई हस्तान्तरण गरिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।
मन्त्री भट्टराईले आगामी दिनमा समेत समिरको थप पठनपाठन र स्वास्थ्यमा समस्या आइपरे उपचारका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समिरका आमाबुबा दृष्टिविहीन छन् । समिर आफैँले समेत राम्रोसँग आँखा देख्दैनन् । कक्षा नर्सरीमा अध्ययनरत समिरलाई सदरमुकाम फुङलिङस्थित नवज्योति बोर्डिङ स्कूलले निःशुल्क रुपमा पढाउँदै आएको बताइएको छ । मन्त्री भट्टराईले गत वर्ष जन्म दिनका अवसरमा पाथीभरा याङवरक गाउँपालिकाका दुई दलित विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेका थिए ।
ताप्लेजुङबाट उनको विसं २०२३ भदौ २१ गते जिल्लाको ढुङ्गेसाँघुमा जन्म भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूको प्रवेशमा ट्रम्प प्रशासनले लगायो प्रतिबन्ध
-
सान डिएगो विमान दुर्घटनामा मेटल ब्यान्डका पूर्वड्रमर डेनियल विलियम्सको मृत्यु भएको आशंका
-
बार्सिलोनामा नै संन्यास लिने राफिन्हाको इच्छा
-
इजरायली दूतावासका दुई कर्मचारी हत्याका सन्दिग्ध अदालतमा पेस
-
रियलबाट बिदा हुँदै मोड्रिच
-
बर्खा नलाग्दै बीपी राजमार्गको यो हालत (तस्बिरहरू)