हजुरआमा बन्दैछिन् रबिना टण्डन, छोरीका लागि बेबी सावर पार्टीको आयोजना गरिन्
बलिउड उद्योगकी चर्चित नायिका रबिना टन्डनले हालै आफ्नी छोरीका लागि बेबी सावर पार्टीको आयोजना गरिन् । स्मरण रहोस्, छायालाई रबिनाले सन् १९९५ मा एडोप्ट गरेकी थिइन् ।
रबिनाकी छोरी छाया चाँडै नै आमा बन्दैछिन्, यसको अर्थ यो हो कि रबिना टन्डन अब केही समयमा नै हजुरआमा बन्दैछिन् । हजुरआमा बन्न लागेकोमा रबिना अत्यधिक खुसी देखिन्छिन् ।

Photo: Instagram
बेबी शावर पार्टीमा समावेश पूजा मखिजा नामकी पाहुनाले आफ्नो सोसल मिडियामा अकाउन्टमा कार्यक्रमका केही तस्बिर सेयर गरेकी छिन् । पूजाले बेबी शावरको तस्बिर सेयर गर्दै क्याप्सनमा रबिनाको तारिफ गर्दै लेखिन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स । रबिना तपाईंले यो वास्तविक प्यासनसहित गर्नुभयो । तपाईं उत्कृष्ट तरिका र अत्यधिक मायासहित आफ्नी धर्मपुत्रीको बेबी सावर गरेको देखेर मन पग्लियो ।’

Photo: Instagram
बेबी शावर पार्टीमा रबिनाकी आफ्नै छोरी राशा थडानी पनि निकै खुसी देखिएकी छिन् । पार्टीमा छायाले मरुन रङको पहिरन लगाएकी थिइन् भने रबिना प्रिन्टेड टप र ट्राउजरमा निकै आकर्षक देखिएकी थिइन् ।
स्मरण रहोस्, रबिनाले सन् १९९५ मा दुई छोरी छाया र पूजालाई अडोप्ट गरेकी थिइन् । त्यतिबेला पूजा ११ वर्षकी थिइन् भने छाया ८ वर्षकी थिइन् ।

Photo: Instagram
रबिना टन्डनले सन् २००४ को फेब्रुअरी २२ मा फिल्म डिस्ट्रिब्यूटर अनिल थडानीसँग विवाह गरेकी थिइन् । यी दुईका १४ वर्षकी छोरी राशा र ११ वर्षका छोरा छन् । आजकाल रबिना नच बलिएमा जजको भूमिका देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण