यसरी बनाइन्छ डुङ्गा (फोटो कथा)

पोखरा । पोखराको फेवाताल भन्नेवित्तिकै मानसपटलमा आइहाल्छ–डुङ्गा । तर, कमैलाई थाहा हुन सक्छ– डुङ्गा कसरी बन्छ ?
पोखरा महानगरपालिका २२ तालपारिका बद्री बराल शनिबार फेवाताल किनारमा डुङ्गा मर्मत गर्दै गरेको अवस्थामा भेटिए ।
हामीले बद्रीसँग सोध्यौँ–डुङ्गा कसरी बन्छ ?
‘डुङ्गा सालको काठबाट बनाइन्छ’ बद्रीले स–विस्तार सुनाए । ‘अरु काठको त्यति बलियो हुन्न । छिट्टै बिग्रिन्छ, त्यसैले डुङ्गा बनाउन सालकै काठ प्रयोग हुन्छ’ उनले भने ।
डुङ्गालाई प्रत्येक १ वर्षको अन्तरमा मर्मत गर्नुपर्छ । नयाँ डुङ्गा पनि १ वर्षसम्म मज्जैले चल्छ । नयाँ डुङ्गा बनाउन ३ जना सिकर्मीलाई ५ दिन लाग्छ । नयाँ डुङ्गा बनाउन चानचुन २ लाख बराबर लाग्छ ।
आकार हेरी डुङ्गा चढेको पैसा लाग्छ । डुङ्गा चढेर पुरै फेवाताल घुम्न १५ सय देखि ४५ सय लाग्ने बरालले जानकारी दिए । डुङ्गाबाट लगानी उठाउन भने निकै गाह्रो पर्ने बरालको भनाइ छ । ‘महँगो भो भन्नू हुन्छ । डुङ्गा चलाएर लगानी उठाउनै गाह्रो छ । यी यसरी वर्षैपिच्छे मर्मत गरि रहन पर्यो’ उनले भने ।
नयाँ डुङ्गा बनाउँदा काठ जोडेर आकार बनि सकेपछि खुला देखिएको ठाउँमा रुई हालेर पुटिङ लगाइन्छ । यसले डुङ्गामा पानी छिर्न दिन्न ।
पोखराको पर्यावाची फेवाताल भएजस्तै फेवातालको पर्यायवाची डुङ्गा हो । पोखरा आउने जो कोही डुङ्गा चढ्न पुग्छन् । पोखरा आएपछि डुङ्गा नचढी कसैलाई धरै हुन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अधिवेशन सम्पन्न, मनिष गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
-
आन्दोलनका कार्यक्रम फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा (तस्बिरहरू)
-
छुवाछूत प्रथाको समूल अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : पूर्वप्रधानमन्त्री नेपाल
-
मोरङको कानेपोखरीमा राजनीतिक संरक्षणमा व्यापक अवैध उत्खनन
-
जातीय विभेद सामाजिक तथा मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति