यसरी बनाइन्छ डुङ्गा (फोटो कथा)
पोखरा । पोखराको फेवाताल भन्नेवित्तिकै मानसपटलमा आइहाल्छ–डुङ्गा । तर, कमैलाई थाहा हुन सक्छ– डुङ्गा कसरी बन्छ ?
पोखरा महानगरपालिका २२ तालपारिका बद्री बराल शनिबार फेवाताल किनारमा डुङ्गा मर्मत गर्दै गरेको अवस्थामा भेटिए ।
हामीले बद्रीसँग सोध्यौँ–डुङ्गा कसरी बन्छ ?
‘डुङ्गा सालको काठबाट बनाइन्छ’ बद्रीले स–विस्तार सुनाए । ‘अरु काठको त्यति बलियो हुन्न । छिट्टै बिग्रिन्छ, त्यसैले डुङ्गा बनाउन सालकै काठ प्रयोग हुन्छ’ उनले भने ।
डुङ्गालाई प्रत्येक १ वर्षको अन्तरमा मर्मत गर्नुपर्छ । नयाँ डुङ्गा पनि १ वर्षसम्म मज्जैले चल्छ । नयाँ डुङ्गा बनाउन ३ जना सिकर्मीलाई ५ दिन लाग्छ । नयाँ डुङ्गा बनाउन चानचुन २ लाख बराबर लाग्छ ।
आकार हेरी डुङ्गा चढेको पैसा लाग्छ । डुङ्गा चढेर पुरै फेवाताल घुम्न १५ सय देखि ४५ सय लाग्ने बरालले जानकारी दिए । डुङ्गाबाट लगानी उठाउन भने निकै गाह्रो पर्ने बरालको भनाइ छ । ‘महँगो भो भन्नू हुन्छ । डुङ्गा चलाएर लगानी उठाउनै गाह्रो छ । यी यसरी वर्षैपिच्छे मर्मत गरि रहन पर्यो’ उनले भने ।
नयाँ डुङ्गा बनाउँदा काठ जोडेर आकार बनि सकेपछि खुला देखिएको ठाउँमा रुई हालेर पुटिङ लगाइन्छ । यसले डुङ्गामा पानी छिर्न दिन्न ।
पोखराको पर्यावाची फेवाताल भएजस्तै फेवातालको पर्यायवाची डुङ्गा हो । पोखरा आउने जो कोही डुङ्गा चढ्न पुग्छन् । पोखरा आएपछि डुङ्गा नचढी कसैलाई धरै हुन्न ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण