वीपी वामपन्थी हुनुहुन्थ्यो : डा.शशांक कोइराला
काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आइपुगेको टिप्पणी गरेका छन् । काँग्रेस महामन्त्री कोइरालाले वीपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निश्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
आईतबार काठमाडौंमा ‘वीपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा उनले वीपी कोइराला जीवनको सुरुवात कालमा बामपन्थी भएको खुलासा पनि गरे । ‘भारतीय स्वतन्त्र संग्राम आन्दोलनका बेला बीपी बामपन्थी हुनुहुन्थ्यो’, बीपीका छोरा समेत रहेका महामन्त्री कोइरालाले भने, ‘पछि भारतीय नेताहरुको प्रभावमा परेपछि बीपी प्रजातन्त्रवादी हुनुभयो ।’
महामन्त्री कोइरालाले बीपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’ भनाई राख्ने गरेको पनि स्मरण गराए । त्यसैगरी बीपीले ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन’ भनेर आपूmलाई भन्ने गरेको स्मरण गरे । कार्यक्रममा बोल्दै काँग्रेस नेता शेखर कोइरालाले संविधानविपरित अघि बढेको भन्दै सरकारको चर्को आलोचना गरे ।
उनले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रका लागि ठोस पहल नगरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण