वीपी वामपन्थी हुनुहुन्थ्यो : डा.शशांक कोइराला

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले मुलुकको राजनीति तल्लोस्तरमा आइपुगेको टिप्पणी गरेका छन् । काँग्रेस महामन्त्री कोइरालाले वीपी कोइरालाबाट सिकेर मुलुकको राजनीतिलाई सफा र निश्कलंक बनाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
आईतबार काठमाडौंमा ‘वीपी कोइरालाको डायरी’ लोकार्पण कार्यक्रममा उनले वीपी कोइराला जीवनको सुरुवात कालमा बामपन्थी भएको खुलासा पनि गरे । ‘भारतीय स्वतन्त्र संग्राम आन्दोलनका बेला बीपी बामपन्थी हुनुहुन्थ्यो’, बीपीका छोरा समेत रहेका महामन्त्री कोइरालाले भने, ‘पछि भारतीय नेताहरुको प्रभावमा परेपछि बीपी प्रजातन्त्रवादी हुनुभयो ।’
महामन्त्री कोइरालाले बीपीले ‘तिमी १८ वर्षको भएर पनि कम्युनिष्ट भएनौं भने तिम्रो हृदय नभएको’ भनाई राख्ने गरेको पनि स्मरण गराए । त्यसैगरी बीपीले ‘तिमी २५ वर्षको भएर पनि कम्युनिष्ट छौं भने तिम्रो दिमाग छैन’ भनेर आपूmलाई भन्ने गरेको स्मरण गरे । कार्यक्रममा बोल्दै काँग्रेस नेता शेखर कोइरालाले संविधानविपरित अघि बढेको भन्दै सरकारको चर्को आलोचना गरे ।
उनले प्रदेश र स्थानीय तहको सबै अधिकार संघीय सरकारले हस्तक्षेप गरिरहेको उल्लेख गर्दै आपत्ति पनि जनाए । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा पनि सरकारले नियन्त्रका लागि ठोस पहल नगरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
-
सङ्ग्रहालय स्थानीय सरकारलाई हस्तान्तरण गरिए व्यवस्थापनमा थप सहज हुनेछ : महानगर प्रमुख महर्जन
-
कपिलवस्तुमा अवैध उत्खनन् रोक्न माग गर्दै जनमोर्चाले बुझायो ज्ञापनपत्र
-
१० बजे १० समाचार : उपसभामुख हटाउने विषय फेरि चर्चामा, सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो