राज्यमन्त्री यादवले गरे चिनियाँ विदेशमन्त्री यीलाई स्वागत
काठमाडौं– चिनियाँ विदेश मन्त्री वाङ यीलाई स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले स्वागत गरेका छन् । तीन दिवसीय भ्रमणका लागि नेपाल आएका मन्त्री यीलाई विमानस्थलमा स्वागतका लागि राज्यमन्त्री यादव र विदेश सचिव शंकरदास वैरागी पुगेका थिए ।
तीन दिनसम्म नेपालमा रहने मन्त्री यीले आफ्ना समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गर्नुको साथै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति शेरबहादुर देउवा तथा समाजवादी पार्टीका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मौसम गडबडीका कारण दुई घण्टा ढिलो नेपाल अवतरण गरेका मन्त्री यी पाकिस्तान हुँदै नेपाल आएका हुन् । साढे ४ बजे नेपाल आउने कार्यतालिका थियो । त्यसपछि साढे पाँच वजे अवतरण गर्ने खबर आएको थियो । तर उनी सवा ६ वजे मात्र नेपाल अवतरण गरेका हुन् । विमानस्थलका सुरक्षा स्रोतका अनुसार मौसम खराबीका कारण केही समय आकाशमै होल्ड गरेर मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
मन्त्री यीका साथमा १२ सदस्यीय चिनियाँ प्रतिनिधि मण्डल आएका छन् । उनको उच्चस्तरीय भेटघाट भोलीदेखि नै शुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण