ललितपुर कला र संस्कृतिको जीवित म्युजियम : मन्त्री भट्टराई
ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले ललितपुरलाई कला र संस्कृतिको ‘जीवित म्युजियम’ को रुपमा चित्रण गरेका छन् । मन्त्री भट्टराईले ललितपुरको मंगलबजारमा सोमबारबाट सुरु भएको ४ दिने ‘सार्क हस्तकला प्रर्दशनी तथा कार्याशाला गोष्ठी’ को उद्घाटन गर्दै ललितपुरलाई कला र संस्कृतिको जीवित म्युजिमयको रुपमा चित्रण गरेका हुन् ।
उनले ललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको पनि स्पष्ट पारे । मन्त्री भट्टराईले कला र संस्कृतिको धनी भएकाले पनि नेपालमा पर्यटन विकासको अधिक सम्भावना रहेको पनि स्मरण गराए । उनले कला र संस्कृतिको संरक्षण गरेर सरकारले मुलुकको समृद्धिमा योगदान दिन चाहेको पनि बताए ।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर विश्वकै सम्पदाहरुको नमूना सहर भएकाले यसको संरक्षणमा लागि परेको बताए । उनले कला र संस्कृतिको मूल थलोको रुपमा रहेको ललितपुरलाई त्यसकै माध्यामबाट समृद्ध बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
४ दिनसम्म चल्ने प्रर्दशनीमा बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्सलगायतका मुलुकको पनि स्टल राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण