कालो धन वैध बनाउन घरजग्गामा ठूलो लगानी
अवैध रूपमा सम्पति कमाएकाले आफ्नो सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ ।
कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको सम्पति शुद्धीकरण अनुुसन्धान विभागका अधिकारीले बताएका छन् ।
विभागका अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयांै क्षेत्रफल जग्गा कालो धन आर्जन गरी सम्पति शुद्धीकरण गराउनेहरूकै कब्जामा गएको छ । जसका कारण घरजग्गाको मूल्य अस्वभाविक रूपमा बढ्न पुगेको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले अन्य देशको तुलनामा नेपालमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा सम्पति शुद्धीकरण गराउनेहरूले घर जग्गामा अत्यधिक लगानी गर्नु नै मुख्य कारण रहेको बताए ।
घरजग्गाको कारोबार गर्ने नियमक निकाय निष्क्रिय हुँदा अवैध सम्पति आर्जन गरी घरजग्गामा लगानी गर्नेहरू उत्साहित बन्दै गइरहेको विभागका अधिकारीको अनुभव छ । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण