आत्महत्याको दर बढेको बढ्यै, दिनहुँ १५–१६ आत्महत्या
मङ्गलबार, २४ भदौ २०७६, ०६ : ५३
प्रहरी प्रधान कार्यालयकाअनुसार आव २०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ । २०७३ मा ५ हजार १३१ जनाले आत्महत्या गरेका थिए । आव २०७४/७५ मा ५ हजार ३४६ जनाले आत्महत्या गरे । त्यो संख्या आव २०७५/७६ मा त्यो संख्इा ५ हजार ७५८ पुग्यो ।
प्रहरीका अनुसार दैनिक १५ देखि १६ जनाले आत्महत्या गर्ने गरेका छन् । आपराधिक क्रियाकलापका कारण हुने कुल मृत्युमध्ये ४६ प्रतिशत घटना आत्महत्याबाट हुने गरेको प्रहरीको भनाइ छ ।
यसमध्ये १८ वर्ष मुनिका ८ प्रतिशत, १९देखि ४० वर्षका ५६ प्रतिशत, ४१ देखि ६० वर्षका २९ प्रतिशत र ६० वर्षमाथिका ७ प्रतिशत रहेका छन् । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
-
मधेस प्रदेश : ९ महिनामा १४ ठाउँमा डाँकाचोरी
-
‘पूर्ण बहादुरको सारङ्गी’मा मुकुन अनुबन्धित
-
२८ निर्माण कम्पनीसँग सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो लिखित स्पष्टीकरण
-
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
-
मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने