को उठ्ला रवीन्द्रको क्षेत्रमा ?
मङ्गलबार, २४ भदौ २०७६, ०७ : ३५
महत्वकासाथ हेरिएको कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीमा राजनीतिक दल जुटेका छन् । मंसिर १४ को प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेदवार टुंगो लगाउन दलहरु कस्सिएका छन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनको क्षेत्र रिक्त छ । कास्की २ बाट चुनाव लड्न ‘हेभिवेयट’ उम्मेदवारको चर्चा छ । नेकपाले नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निश्चितप्रायः छ । नेकपा कास्कीका एक प्रभावशाली नेताले गौतमलाई उम्मेदवार बनाउने लगभग टुंगो लागेको बताए ।
त्यसैगरी कांग्रेसबाट नेता धनराज गुरुङ उम्मेदवार बन्ने चर्चा छ । गुरुङले सामाजिक सञ्जालमै समेत अवसर पाए कास्की २ बाट चुनाव लड्ने इच्छा व्यक्त गरेका थिए । यो समाचार कान्तिपुर दैनिकमा दीपक परियार र प्रकाश बरालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण