प्रदेश ५ : कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
बुटवल । आगामी मंसिर १४ गते तय भएको उपनिर्वाचनका लागि प्रदेश नम्बर ५ मा तयारी थालिएको छ।
प्रदेश ५ का ७ जिल्लामा उपनिर्वाचन हुन लागेको छ । जसमा १ प्रदेशसभा सदस्य र ८ वडाध्यक्ष पद रिक्त छ ।
दाङको क्षेत्र नम्बर ३(ख) मा प्रदेशसभा, गुल्मीको रूरू गाउँपालिका वडा नम्बर ६, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३, प्यूठान नगरपालिका वडा नम्बर २, प्यूठानकै ऐरावती गाउँपालिका वडा नम्बर १ र २, रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ र कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १०, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १६, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचन हुँदैछ ।
प्रदेशमा सबैभन्दा धेरैले चासो दिने उपनिर्वाचन दाङ हुने छ । दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित उत्तमकुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
जिल्ला निर्वाचन कार्यालय दाङका निमित्त प्रमुख पदम रेग्मीले मतदाता नामावली प्रकाशन गर्ने तयारी भएको बताए ।
निर्वाचन आगोगले प्रदेश ५ सहित ५१ स्थानमा हुने उपनिर्वाचनको लागि २५ करोड बजेट पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण