डेंगु रोगको अवस्थाबारे स्वास्थ्यमन्त्रीलाई जानकारी गराउन सांसदको माग
काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसदले डेङ्गु रोगको प्रकोप रोक्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकको शून्य बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेङ्गु रोकथाम गर्न माग गरे ।
उनले इन्द्रजात्राको समय भएकोले डेङ्गु नियन्त्रण नभएर महामारीको अवस्था आउने बताए । डेङ्गु रोगका कारण धेरैले मृत्युवरण गरेको भन्दै सरकारले सचेतना कार्यक्रम पनि नगरेको र रोकथामको कार्यक्रम पनि नगरेको बताए ।
उनले भने– ‘यो कुनै पहिचान नभएको रोक त हैन नी, पहिलेदेखि थाहा पाएको रोग हो । वैज्ञानिक परीक्षणबाट पुष्टि नभएको रोक पनि हैन । यसको रोकथाम प्रभावकारी ढंगले सरकारले गर्नुप¥यो । अहिले काठमाडौंमा इन्द्रजात्रा आउन लाग्यो, यसले भोली कतै महामारीको रुप नलिएला भन्न सकिँदैन् । महामारी फैलियो भने धेरैको स्वास्थ्यमा प्रभाव पर्ने र सरकारलाई पनि जनस्वास्थ्यमा ख्याल नगरेको आरोप लाग्ने भएकोले सम्बन्धित मन्त्रीले यसको अवस्था के छ यसबारेमा जानकारी दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण