भ्रष्टाचारविरूद्धको कार्यक्रम घोषणा गर्दै तरुण दल महासचिवले लगाए अध्यक्षमाथि यस्तो आरोप
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरूण दलले वडादेखि केन्द्रसम्म भ्रष्टाचारविरूद्ध अभियान चलाउने घोषणा गरेको छ । माउ पार्टी देस्रो चरणको राष्ट्रिय जागरण अभियानमा जटिरहेकाबेला तरुणदले ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान आगाडि सारेको छ । सो अभियान केन्द्रदेखि वडासम्म भएका भ्रष्टाचारको भण्डाफोरमा लागि पर्ने तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले बताए ।
केन्द्र, जिल्ला, नगररगाउँ, वडा सबै ठाउँमा अहिले देखिएको चरम भ्रष्टाचारविरूद्ध भण्डाफोर अभियान चलाउन तरूण दलका सबै समितिलाई पत्राचार गरिसकिएको शाहीले जानकारी दिए। यद्यपि यो अभियानमा तरुण दलका अध्यक्षले विमति जनाएको बुझिएको छ ।
अध्यक्षले जितजंग बस्नेतले भ्रष्टाचारको विरुद्ध कार्यक्रम गरौ भन्दा सधै टार्ने गरेको शाहीको आरोप छ । सो कार्यक्रम महासचिवले एकलौटी रुपमा घोषणा गरेका हुन् । भ्रष्टाचारको विरुद्ध कार्यक्रम अन्तरगत अख्तियार घेराउ कार्यक्रम घोषणा गरिसकेको अवस्थामा अध्यक्षले फिर्ता लिएको शाहीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण