अनेमसंघको शनिबार वृहत् राष्ट्रिय महिला कार्यकर्ता भेला

अखिल नेपाल महिला संघ (अनेमसंघ)ले १ सय ११ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार बृहद राष्ट्रिय महिला कार्यकर्ता भेला गर्ने भएको छ । अनेमसंघले शुक्रबार पत्रकार सम्मेलन गरि भेलाबारे जानकारी गराएको हो । भेलामा मुलुकभरबाट दश हजार अगुवा महिला कार्यकर्ताहरु सहभागी हुने अपेक्षा अनेमसंघले लिएको छ । भेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
“संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ गर्न लागिएको भेलाले महिला हक हित तथा समानता र हिंसा मुक्त समाज निर्माणका लागि विभिन्न ५ बुँदे घोषणा पत्र जारी गर्ने अनेम संघकी सचिव सुजिता शाक्यले जानकारी दिइन् ।
अनेमसंघको संयोजनमा साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गरिनुको साथै यही फागुन २४ गते संघीय राजधानी काठमाडौँमा र्याली तथा सभा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *