शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
टी–ट्वान्टी  त्रिकोणात्मक सिरिज

नेपालको सिरिज जित्ने सम्भावना बलियो *

बिहीबार, ०५ असार २०८२, २३ : ४४
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • नेपाली क्रिकेट टोलीले स्कटल्यान्डमा टी-ट्वान्टी त्रिकोणात्मक सिरिजमा इतिहास रचेको छ, जसमा तीन सुपर ओभरहरू भए।
  • टोलीले सिरिजमा लगातार दोस्रो जित हासिल गर्‍यो, जसमा केसी, लामिछाने, शेख र कप्तान पौडेलले उत्कृष्ट प्रदर्शन गरे।
  • फाइनलमा प्रवेशका लागि नेपालले अबको खेल जित्नुपर्नेछ, नत्र नेट रन रेट हेर्नुपर्ने हुन्छ।

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा एउटा इतिहास बनाएको थियो । त्यो इतिहास हो, टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक तीन सुपर ओभर हुनु । यो कीर्तिमान विश्व क्रिकेटमा कमै देखिन्छ । 

त्यसपछि नेपाली टोलीले आफ्नो लय सम्हाल्दै सिरिजमा लगातार दोस्रो जित निकाल्न सफल भयो । यो प्रतियोगितामा कारण केसी, सन्दीप लामिछाने, आरिफ शेख र कप्तान रोहित पौडेल आफ्नो उत्कृष्ट लयमा आए । 

नेपालले अब प्रतियोगितामा एक खेल खेल्न बाँकी छ । उक्त खेलमा जित निकाल्न सकेमा नेपालले प्रतियोगिताको सिरिज जित्ने देखिन्छ। 

नेपाल पराजित भएमा नेट रन रेट हेर्नू पर्नेछ । प्रतियोगितामा ३ खेलबाट ४ खेलमा जित निकालेको नेपाल नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा छ ।

दोस्रो स्थानमा भएको नेदरल्यान्ड्स ४ खेलबाट ४ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । अब प्रतियोगितामा नेपालको जित आवश्यक छ ।

सच्याइएकाे *

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप