मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
इरान इजरायल तनाव

हामी इरानको पक्षमा छौंः हिजबुल्लाह

शुक्रबार, ०६ असार २०८२, ०१ : १७
शुक्रबार, ०६ असार २०८२

सारांश

  • हिजबुल्लाहका महासचिव नैम कासेमले इरानको समर्थन गर्ने बताएका छन्। उनले इजरायल र अमेरिकाको आक्रमणको विपक्षमा रहेको बताए ।
  • कासेमले ट्रम्पको इरानका सर्वोच्च नेताको हत्या गर्ने भनाइलाई 'क्षेत्रका जनतामाथि हमला' भनेका छन्।
  • हिजबुल्लाहले आवश्यक ठानेमा कदम चाल्ने चेतावनी दिएको छ, तर हालसम्म युद्धमा संलग्न भएको छैन।

काठमाडौँ । इजरायलको आक्रमण र अमेरिका तर्फबाट दिइएको धम्कीको बीचमा हिजबुल्लाहका महासचिव नैम कासेमले एक वक्तव्य जारी गर्दै इरानको समर्थन गर्ने बताएका छन्। लामो समय देखिको मौनता तोड्दै समूहले इरानको पक्षमा रहेको बताएको हो । 

महासचिव नैमले ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईको हत्या गर्ने भनाइलाई ‘सम्पूर्ण क्षेत्रका जनतामाथि हमला’ भनेको अलजजीराले जनाएको छ । कासेमले भने, ‘हामी इरानको अधिकारको पक्षमा छौँ, इजरायल र अमेरिकाको आक्रमणको विपक्षमा।’

उनले समूहले ‘आवश्यक ठाने अनुसार कदम चाल्ने’ चेतावनी पनि दिएका छन्।

इरानसँग गहिरो सम्बन्ध भए पनि हिजबुल्लाह हालसम्म युद्धमा संलग्न भएको छैन। गत वर्ष इजरायलसँगको युद्धले कमजोर बनाएकोले समूह शान्त रहँदै आएको थियो । 

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साता भित्र इरान इजरायल युद्धमा सहभागी हुने नहुने निर्णय लिने बताइसकेका छन्। हिजबुल्लाह र अमेरिकी राष्ट्रपति ट्रम्पको वक्तव्यपछि इरान इजरायल युद्धले नयाँ रूप लिन सक्ने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप