माधव–झलनाथ पक्षका सांसद हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद संसदीय दलकाे बैठक हाजिर गर्न बालुवाटार लागेका छन् । माधव–झलनाथ पक्षका सांसदको बैठकले संसदीय दलको बैठकमा हाजिर लगाएर फर्किने निर्णय गरेको हो । सोही अनुसार उक्त पक्षका स्थायी समिति सदस्य बाहेका सांसद बालुवाटार गएका हुन् ।
नेकपा एमालेको (माधव–झलनाथ) पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेको सांसद दीपक प्रकाश भट्टले जनाकारी दिए । बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठक अघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए । यसअघि हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए ।
सांसद कृष्णभक्त पोखरेलका अनुसार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेको जानकारी दिए । उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने पोखरेलले जानकारी दिए ।
संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटीकर्मी दुलाल सम्मानित
-
लाइसेन्स पासमा सेटिङ - अख्तियारले समात्यो कर्मचारी र बिचौलिया
-
अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’
-
राजतन्त्र होइन उन्नत व्यवस्था खोजिरहेछन् जनता
-
भिजिट भिसामा विदेश गएकाहरूकाे विषयमा श्वेतपत्र सार्वजनिक गर्न माग
-
कैलाश गाउँपालिका पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा