लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक पर्ने बताएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाः गोरखा जिल्ला समितिको तेस्रो जिल्ला सम्मेलन कार्यक्रमलाई आज सदरमुकाममा सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा गर्न सामाजिक, आर्थिक रुपान्तरण आवश्यक रहेको बताए ।
“सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्राथमिकतामा राखेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने बेला आएको छ”, उपाध्यक्ष श्रेष्ठले भने, “लामो समयदेखि राज्य र समाजमा भ्रष्टाचारले जरा गाडेर बसेका कारण विकासले गुणात्मक फड्को मार्न सकिरहेको छैन ।” उनले अहिलेको विकासको गतिले जनताको आवश्यकता पूरा गर्न नसक्ने बताए ।
“आर्थिक रुपान्तरण र विकासको काम मात्रामात्रामा गरेर हुँदैन, उहाँले भन्नुभयो, यति ठूलो युगान्तकारी परिवर्तन राजनीतिक क्षेत्रमा त भयो तर विकासका क्षेत्रमा भने जुनसुकै सरकार जुनसुकै राजनीतिक दल आए पनि अलिअलि हुने विकासले अब हुँदैन विकासमा गुणात्मक फड्को मार्नुपर्छ ।”
लोकतन्त्रवादी शक्तिले यथास्थितीवाद र प्रतिगमनलाई सँगसँगै परास्त गरेर अघि बढ्नुपर्ने बेला आएको भन्दै उहाँले अनि मात्र सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोल्न सकिने बताए ।
उपाध्यक्ष श्रेष्ठले जनताको आशा र अपेक्षाको रूपमा हेर्दै आएको माओवादी केन्द्रले पनि आफूलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
सबै नेपालीको पहिचान र अधिकार स्थापित गरियो भनेमात्र नेपालीको राष्ट्रियता बलियो हुने उनको भनाइ छ ।
“हामीले आफ्नो पहिचानलाई गर्ववोधका साथ लिन र हाम्रो भाषा, संस्कृति एवं परम्पराको रक्षा गर्नलाई अगाडि बढ्न आवश्यक छ”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “मनमा कसैले पनि हिनतावोध लिएर बस्नु हुँदैन ।”
नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रियहितको रक्षा गर्दै सबैले नेपाली हुनुमा गर्व गर्नुपर्नेमा उनले जोड दिए ।
उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै दाबीसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण