मनसुनजन्य विपद् प्रतिकार्यका लागि कृत्रिम अभ्यास
शुक्रबार, ३० जेठ २०८२, १९ : ०९

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ बाघभैरव गुल्मको आयोजनामा शुक्रबार काठमाडौँ महानगरपालिका–१२ रत्नपार्क शान्तिवाटिका स्थित रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास तथा नगर प्रहरी प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।
काठमाडौँ महानगरपालिकाका उप–प्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति लगायत नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरीका उच्च अधिकृतहरु, महानगरपालिकाका वडा अध्यक्षहरू, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
सशस्त्र प्रहरी निरीक्षक रामहरि खड्काको कमान्डमा ५ जना गोताखोर सहितको टोलीले मनसुनजन्य विपद् प्रतिकार्य कृत्रिम अभ्यास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको रामारोशन सडक खण्डमा सुख्खा पहिरो, सडक अवरुद्ध
-
बाराबाट ३९ लाख भन्दा बढीको सामान बरामद
-
सुनको शौचालय चोरेको अभियोगमा दुई जनालाई जेल सजाय
-
निजी विद्यालयलाई गुठी र कम्पनी दुवैमा जान दिनेगरि लचिलो बन्ने सरकारको प्रस्ताव
-
०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
-
गण्डकी प्रदेशमा साइबर अपराधका घटना बढ्दै