रेम्डेसिभिर औषधि चाहिएमा आयन हेल्थकेयरमा सम्पर्क गर्नुहोस् : स्वास्थ्य मन्त्रालय

कोभिड—१९ भइ अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
कोभिड—१९ को उपचारका लागि हालसम्म कुनैपनि औषधि प्रमाणित नभएको समेत स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्र्पक गर्नुपर्ने हुन्छ । प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
रेम्डेसिभिर औषधि खरिद गर्नका लागि यी नम्बरमा सम्पर्क गर्नुहोस् :
डा. अबुल अन्सारी —९८००५५५९१०,
सुवास —९८१०१९४४१६
डा. बिमल— ९८४१५०६३७०
कमल —९८५११२४६३९, ९८५११२४६३९ नम्बर सम्र्पक गर्न स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन