शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
इरान इजरायल तनाव

अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु

शुक्रबार, ०६ असार २०८२, ०१ : ४१
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठूलो सहयोग गरिरहेको बताए।
  • नेतन्याहुले अमेरिकी राष्ट्रपतिसँग दैनिक संवाद हुने गरेको र साझेदारी अविश्वसनीय रहेको बताए।
  • उनले अमेरिकाले इजरायलको सहरहरूको रक्षा गर्नमा सहयोग गरिरहेको पनि उल्लेख गरे।

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठुलो सहयोग गरेको बताएका छन् । 

बिहीबार इरानी आक्रमणबाट प्रभावित सोरोका अस्पताल बाहिर पत्रकारसँग कुरा गर्दै अमेरिका इजरायललाई ठुलो सहयोग गरिरहेको बताएका हुन् ।

द गार्जियनलाई उद्धृत गर्दै एनबीसी न्यूजले प्रकाशित गरेको समाचार अनुसार नेतन्याहुले भने, “अमेरिका पहिले नै धेरै सहयोग गरिरहेको छ, किनभने उनीहरूले इजरायल र यसको सहरहरूको आकाशको रक्षा गर्नमा भाग लिइरहेका छन्।”

साथै नेतान्याहुले अमेरिकी राष्ट्रपतिसँग दैनिक संवाद हुने गरेको समेत बताएका छन् । उनले थपे, “राष्ट्रपति ट्रम्पसँग मेरो दैनिक संवाद हुन्छ र हाम्रो साझेदारी अविश्वसनीय छ।”

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप