इरान इजरायल तनाव
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
शुक्रबार, ०६ असार २०८२, ०१ : ४१
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठूलो सहयोग गरिरहेको बताए।
- नेतन्याहुले अमेरिकी राष्ट्रपतिसँग दैनिक संवाद हुने गरेको र साझेदारी अविश्वसनीय रहेको बताए।
- उनले अमेरिकाले इजरायलको सहरहरूको रक्षा गर्नमा सहयोग गरिरहेको पनि उल्लेख गरे।
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठुलो सहयोग गरेको बताएका छन् ।
बिहीबार इरानी आक्रमणबाट प्रभावित सोरोका अस्पताल बाहिर पत्रकारसँग कुरा गर्दै अमेरिका इजरायललाई ठुलो सहयोग गरिरहेको बताएका हुन् ।
द गार्जियनलाई उद्धृत गर्दै एनबीसी न्यूजले प्रकाशित गरेको समाचार अनुसार नेतन्याहुले भने, “अमेरिका पहिले नै धेरै सहयोग गरिरहेको छ, किनभने उनीहरूले इजरायल र यसको सहरहरूको आकाशको रक्षा गर्नमा भाग लिइरहेका छन्।”
साथै नेतान्याहुले अमेरिकी राष्ट्रपतिसँग दैनिक संवाद हुने गरेको समेत बताएका छन् । उनले थपे, “राष्ट्रपति ट्रम्पसँग मेरो दैनिक संवाद हुन्छ र हाम्रो साझेदारी अविश्वसनीय छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण