प्रधानमन्त्री ओली टिचिङमा : मुटुमा राखिएको क्याथेटर निकालियो
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर स्वास्थ्य परीक्षण गराएका छन् ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर प्रधानमन्त्री ओलीले मुटको जाँच गराएका हुन् ।
ओली सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका थिए । प्रधानमन्त्री सामान्य फलोअपका लागि अस्पताल पुगेको वालुवाटार स्रोतले बतायो ।
अस्पताल स्रोतका अनुसार बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा यसअघि सिङगापुरमा राखिएको क्याथेटर निकालिएको हो ।
चिकित्सकहरुका अनुसार ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्रीको मुटुमा राखिएको क्याथेटर निकालिएपनि थप उपचार गर्नु नपरेको बताएका छन् । उनीहरुले क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएका छन् ।
उनी जाँचपछि बालुवाटार फर्किसकेका छन् ।
सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि चिकित्सकले ओलीलाई आराम गर्न सुझाएका थिए ।
चिकित्सकको सल्लाह अनुसार नै ओलीले वालुवाटारबाटै भेटघाट गरिरहेका छन् ।
उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण