निर्माण व्यवसायीलाई अपहरण गर्ने चार अपहरणकारी समातिए
पोखरा– निर्माण व्यवसायीलाई अपहरण गर्ने चारजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ९ नयाँबजारबाट अपहरण गरेको अभियोगमा उनलाई समातेको प्रहरीले जनाएको छ । अपहरणमा पर्ने व्यक्ति पोखरा महानगरपालिका ५ बस्ने निर्माण व्यवसायी रहेको प्रहरीले जनाएको छ । बिहान करिब १० बजेर ५० मिनेट जाँदा नयाँबजारको सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिको कार्यालय अघिबाट जर्बजस्ति गाडिमा हालेको प्रहरीले जनाएको छ ।
जबर्जस्ती गाडीमा हालेर मोटरसाइकलको स्कटिङमा पोखरा महानगरपालिका ९ शान्ति वनमा छिरेको गोप्य सूचनाका आधारमा आफूहरु फिल्डमा खटिएर उद्दार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ बस्ने ४२ वर्षीय गौतम थापा, वडा नम्बर २ अर्चलबोटका ३४ वर्षीय रोहित सुनार, वडा नम्बर ८ का ५० वर्षीय वासुदेव पोखरेल र वडा नम्बर १० का प्रेमबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने टोलीका नाइके गौतम थापा थिए । थापा नेतृत्वको टोलीले मिटर ब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले खुलाएको छ । थापा नेतृत्वको टोलीले केही सामाजिक काम गर्ने, पैसा सहयोग गर्ने र त्यही कामको आधारमा चर्को मिटर ब्याज असुल्ने गरेको प्रहरीले जनाएको छ । थापा नेतृत्वको टोलीले मिटर ब्याजका लागि अपहरण गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
यसअघि पनि अपहरण गरेर चर्को मिटर ब्याज असुल्ने गरेको हुनसक्ने प्रहरीले जनाएको छ । ‘केही सामाजिक काम पनि गरेजस्तो गर्ने र त्यही कामको आधारमा चर्को मिटर ब्याज असुल्ने काम गौतम थापा नेतृत्वको टिमले गर्दो रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘उहाँलाई पनि त्यसैको लागि अपहरण गरेको हुनसक्छ । थप अनुसन्धान भइरहेको छ ।’
पक्राउ परेका चारै जनालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने उनले सुनाए । उद्दारपछि पक्राउ परेका व्यवसायीलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण