पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान
बुधबार, २५ भदौ २०७६, २० : ०४
काठमाडौँ– जिल्ला अदालत काठमाडौँले पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराम तामाङलाई थुनामा पठाउन आदेश दिएको छ । अदालतले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
तामाङ झण्डै एक दशकयता झाको घरमा कार्यरत थिए । उनले सुरक्षागार्डसँगै सेफको काम गर्दै आएका थिए ।
तामाङलाई गत साउन ३१ गते महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । तामाङविरुद्ध झा पत्नी ज्ञानुले महानगरीय प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दिएकी थिइन् ।
गत वर्ष भदौ ४ गते ८० वर्षीया झाको आफ्नै घरभित्र बन्द कोठामा छुरी प्रहार गरी हत्या भएको थियो । घटनालगत्तै अनुसन्धानका लागि सुरक्षागार्ड तामाङसहित माली आइतेसिंह तामाङ र जयबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
तर, उनीहरुविरुद्ध प्रमाण नजुटेपछि तीनै जना छुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण