पुलसम्म पुग्न अर्को पुल
बिहीबार, २६ भदौ २०७६, ०७ : ३८
राप्ती नदीमा पुल छ तर मानिस त्यसको प्रयोग गर्दैन । बगरै बगर हिँडेर मूल बाटो पुग्न उनीहरुलाई सहज लाग्छ । बगरको बीचमा टापुजस्तै टुक्रुक्क रहेको पुलबाट न सडसम्म पुगिन्छ न त्यहाँसम्म आउजाउ गर्न नै सजिलो छ ।
अपायक हुनाले बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–६ मा रहेको ५० मिटर लामो त्यो पुल प्रयोगमा नआएको हो । पुल प्रयोग गर्न त्यहाँसम्म पुग्न अर्को पुल चाहिने स्थानीय बताउँछन् । ०७१ असार २५ गते सुरु भइ २०७६ जेठ ३० गते सम्पन्न भएको भनिएको उक्त पुलको लागत ४ करोड १२ लाख रुपैयाँ छ । पुल निर्माण कार्य ७३ प्रतिशत मात्रै सकिएको छ ।
खोलाको बहाव परिवर्तन भएपछि पुल प्रयोगविहीन बनेको हो । यो समाचार कान्तिपुर दैनिकमा मधु शाहीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण