नगरपालिकाका नगर प्रवक्ता सिंहको गाडीमा आगजनी
शुक्रबार, २७ भदौ २०७६, ०८ : ५८
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ ।
सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति करिब १ः०० आगजनी गरेको हो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । “मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ”, प्रहरी निरीक्षक साउदले भने, “आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण