खाटमा थिए एक जोडी सर्प, ती माथि बसिन् फोनमा व्यस्त महिला त्यसपछि...
भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा एउटा निकै दुर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । यहाँ एक महिला आफ्नो बेडरुममा आएको एक जोडी सर्पमाथि फोन गर्दागर्दै बसिन् । सर्पले उनलाई तुरुन्त डसे र उनको मृत्यु भयो ।
गोरखपुर जिल्लामा बस्ने मिरा नामकी महिला फोनमा कुरा गरिरहेकी थिइन् । उनका श्रीमान् जय सिंह थाइल्याण्डमा काम गर्छन् । फोनमा कुरा गर्दागर्दै मिरा बेडरुममा गइन् र बेडमाथि बसिन् ।
उनलाई थाहा थिएन, बेडमा एक जोडी सर्प छन् । सर्पले मिरालाइ डसेलगत्तै परिवारले उनलाई नजिकैको सरकारी अस्पताल भर्ना गरे त्यहाँका डाक्टरले उनलाई मऊ जिल्लाका लागि रिफर गरे तर उनको सरकारी अस्पतालमा नै मृत्यु भयो ।
ती जोडी सर्प धेरै बेरसम्म बेडमा नै घुमिरहेको भारतीय मिडिया आजतकले बताएको छ । रिसाएका मानिसहरुले सर्पलाई पिटिपिटी मारिदिएको बताइन्छ ।
मिराका श्रीमान् थाइल्याण्डमा बस्छन् । मिराको एक वर्षकी छोरी पनि छिन् । जतिबेला यो घटना भयो तब उनी आफ्नी काकीसँग अर्को कोठामा सुतिरहेको स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण