बुटवल–सिद्धबाबा सडक खण्डमा दुईवटा जीप पहिरोले पुरिएः एकको मृत्यु, चारको उद्धार
शुक्रबार, २७ भदौ २०७६, १० : ५८
सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र लु २ ज ५९३८ नम्बरको जिप पुरेकाे हो ।
मृत्यु हुनेमा चालक २६ वर्षीय कमल परियार हुन् । उनी गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का बासिन्दा हुन् ।
यस्तै घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ बस्ने ३१ वर्षीय ललित मल्ल, गुल्मीको पुर्तिघात बस्ने २२ वर्षे प्रेम सुनार, बुटवलको नयाँ गाउँ बस्ने मिलन शाह र
सोही स्थानका २० वर्षे नरेन्द्र हमाल रहेका छन् ।
नरेन्द्र हमालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए ।
चारैजनाको बुटवल प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण