युवा - विद्यार्थीलाई प्रतिगामी तत्वविरुद्ध भण्डाफोर गर्न नेकपा नेताहरुको आग्रह
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको एकतापछि पार्टी एकढिक्का भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, बिदाइ तथा स्वागत कार्यक्रममा महासचिव पौडेलले आगामी दिनमा नेकपामा गुट र उपगुटको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले गुटका कारण पार्टीलाई क्षति पुग्ने भन्दै विगतका पाना हेर्नेभन्दा पनि वर्तमान र भविष्यलाई हेरी अघि बढ्नुपर्नेमा जोड दिए ।
महासचिव पौडेलले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताको हितमा रही ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थकतामा पु¥याउन अहोरात्र खटिरहेको बताए । उनले सरकारले मात्र देशलाई विकसित तथा परिस्कृत बनाउन नसक्ने हुँदा सरकारी, गैरसरकारी सङ्घसंस्था तथा नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।
पार्टी एकतामा केही ढिलाइ भएका कारण देशभित्र तथा बाहिरका प्रतिगामी तत्वहरु पार्टी तथा सरकारको विरुद्धमा उठिरहेको बताउँदै उनले युवा विद्यार्थीले उक्त प्रतिगामी तत्वहरुको विरुद्धमा भण्डाफोर गरी सरकारले गरेका राम्रा कामहरु जनतामाझ पु¥याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सङ्घका इञ्चार्ज महेश बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताए ।
राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने मुख्य जिम्मा युवामा रहेको बताउँदै युवा सङ्घले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न जस्तोसुकै मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिए ।
उनले कुनै पनि युवा बेरोजगारी हुनु नहुने बताउँदै रोजगारी बिनाको युवा सङ्घको नेता तथा कार्यकर्ता हुन नसक्ने समेत उद्घोष गर्दै हरेक युवा उत्पादनसँग जोडिनुपर्दछ भने ।
तत्कालीन युवा सङ्घ नेपालका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले दुई सङ्गठन एकता भइसकेपछि विगतका इतिहास पल्टाएर हेरी अघि बढ्नेभन्दा पनि भविष्यको पाना निर्धारण गर्ने गरी युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । उनले कतिपय युवामा हुने उत्तेजना सिर्जनात्मक कार्यमा कमजोर बनाउने भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रहसमेत गरे।
त्यस्तै साविक वाइसिएल नेपालका इञ्चार्ज मणि थापाले विश्व कम्युनिष्ट इतिहासमा भई आएका घटनाबाट नेपालले राम्रा कुरालाई आत्मसात् गर्दै नराम्रा कुराहरुलाई परिवर्तन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई शिखरमा पु¥याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा अखिल नेपाल महिला सङ्घका संयोजक अमृता थापा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का संयोजक ऐन महरलगायतले शुभकामना व्यक्त गरेकबा थिए ।
सङ्घका संयोजक रामप्रसाद सापकोटा तथा सहसंयोजक रमेश पौडेलले आगामी दिनमा युवालाई गोलबन्द गरी एकताबद्ध रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले आगामी असोज ९ गतेसम्ममा एकताका सम्पूर्ण काम सम्पन्न गरी केन्द्रीय कमिटीको बैठक राख्ने, तिहारसम्ममा सङ्घको विशाल राष्ट्रिय कार्यकर्ता भेला राख्ने, सदस्यता प्राप्त गरेका कुनै पनि नेता कार्यकर्ताले अनिवार्यरुपमा सदस्यता लिएको तीन महीनाभित्रमा रोजगारीमा जोडिनुपर्नेलगायतका निर्णय सार्वजनिक गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण