अफगानिस्तानमा ४१ तालिवान लडाकूद्धारा आत्मसमर्पण
काबुल-अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन् ।
स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ ।
आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारीहरु बुझाएका जारी वक्तव्यमा जनाइएको छ । ती तालिबान लडकूहरु छिमेकीमा पर्ने बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ ।
अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूहरुका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो । प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजार भन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएको अधिकारीहरुले जनाएका छन् ।
यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट (आइएस) लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए ।-सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण