उपत्यकाका सडक भताभुंगः खन्दै, पुर्दै, फेरि खन्दै
आइतबार, २९ भदौ २०७६, ०६ : २२

सडक डिभिजन कार्यालय काठमाडौँ र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने ।
खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे ।
एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो । खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन् ।
ढलको मंगाल पनि खुलै छाडिएको छ । चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौँ, उपत्यका सडक विस्तार आयोजना, केयुकेलगायत निकायले ढल र खानेपानी पाइप राख्ने नाममा बारम्बार खन्दै र पुर्दै आएको छ । यो समाचार आजको नागरिक दैनिकमा श्याम राईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला
-
भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी छ : पाण्डे
-
यी हुन् वाईसीएलका नवनिर्वाचित ५२ पदाधिकारी