सुनको टोयलेट चोरी, ६६ वर्षे व्यक्ति पक्राउ
अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको टोयलेट चोरी भएको थियो ।
थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् ।
सुनको यो टोयलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो । उक्त सुनको ट्वाइलेट बिहिबारको एउटा प्रदर्शनीको मुख्य आकर्षणको केन्द्र थियो ।
यो शौचालय प्रयोगमा थियो र दर्शकलाई यसको प्रयोगका लागि बोलाइएको थियो ।
अहिलेसम्म यो टोयलेट भेटिएको छैन तर ६६ वर्षे एक व्यक्तिलाई चोरीको आशंकामा पक्राउ गरिएको छ ।
पुलिसका अनुसार यो चोरीका कारण भवनमा पनि क्षती पुगेको छ किनभने टोयलेट उखेलिपछि त्यहाँ पानी भरिएको छ ।
१८ औं शताब्दिको ब्लेनहेम प्यालेसमा बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म भएको थियो ।
ड्युक अफ मोलबोराका सौतेनी भाइ एडवर्ड स्पेन्सर चर्चिलले पछिल्लो महिना उनी कलाकृतिको सुरक्षाको विषयमा निश्चिन्त भएको र यहाँबाट केही पनि चोर्न सजिलो नभएको बताएका थिए ।
यहाँ आउने व्यक्तिलाई राजगद्दीको प्रयोगमा पनि अनुमती थियो तर तीन मिनेटका लागि मात्रै ।
डिटेक्टिव इन्सपेक्टर जेस मिलनले भने, ‘जुन कलाकृति चोरियो त्यो निकै मूल्यवान् छ । त्यो सुनले बनाइएको थियो र प्रदर्शनीका लागि राखिएको थियो ।’
‘हामीलाई लाग्छ कि चोरले दुईवटा गाडी प्रयोग गरेको हुनसक्छ । कलाकृति अहिलेसम्म भेटिएको छैन तर हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
ब्लेनहेम प्यालेसको तर्फबाट एउटा ट्वीटमा प्यालेस आइतबार मात्रै खोलिने जानकारी दिएको छ ।
सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो सुनको टोयलेट दिने प्रस्ताव गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण