रुपन्देहीमा गोली चल्यो, एकजनाको मृत्यु
आइतबार, २९ भदौ २०७६, १५ : २८

बुटवल– रुपन्देहीको रोहिणी गाउँपालिका –३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
दिउँसो अज्ञात व्यक्तिको गोली लागेर रोहिणी गाउँपालिका ३ का ३७ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको रघटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीका एसएसपी हृदय थापाले बताए ।
स्थानीयले भने कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएको डाकाको समूहले गोली हानेको दाबी गरेका छन् ।
उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको स्थानीयको बताएका छन् । प्रहरीले डाका समुहबारे खुलाएको छैन् ।
रुपन्देहीको रोहिणी क्षेत्र जिल्ला लुटपाट हुने स्थानमा पर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले धनुषा अधिवेशनमा झडप हुँदा ५ जना घाइते
-
नेप्से परिसूचकमा सामान्य सुधार, ८ अर्ब ७४ करोडको कारोबार
-
पूर्वमन्त्री प्रदीप नेपालको अवस्था अत्यन्तै नाजुक
-
डोपिङमा परेका रबाडालाई आईपीएल खेल्न अनुमति
-
बिहेका लागि बेहुलीको घरमा प्रस्थान गर्नु अघि बेहुलाको मृत्यु
-
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह