‘पारस : द अनलक्की म्यान’ बन्दै निश्चल
काठमाडौं – आधा दर्जन बढी फिल्म निर्माण गरेका निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको फिल्मको नाम फाइनल भएको छ । निर्माता वाग्लेले आफूले निर्देशन गर्न लागेको फिल्मको नाम ‘पारस : द अनलक्की म्यान’ राखिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
मंसिरबाट छायाँकनका लागि फ्लोरमा निस्किने फिल्ममा मुख्य हिरोको रुपमा निर्देशक निश्चल बस्नेत देखिनेछन् । बस्नेत वाग्ले निर्माता रहेको ‘लुट’ सिरिज फिल्मका निर्देशक हुन् । फिल्मका लागि अभिनेता सन्दीप क्षेत्री पनि फाइनल भएको बताइएको छ ।
छायाँकन सुरु नहुँदै आगामी चैत्र २८ गते रिलिज मिति घोषणा गरिएको यो फिल्मबाट समीक्षा पोखरेल अभिनेत्रीका रुपमा देखिँदै छिन् । अन्य कलाकार घोषणामा सार्वजनिक गर्ने योजना वाग्लेको रहेको छ ।
फिल्म अहिले लेखन कार्यको अन्तिम चरणमा छ । वाग्लेले नेपाली दर्शकका लागि राम्रो फिल्म दिन निर्देशनमा होमिन लागेको बताए ।
फिल्म आफूलाई अभागी सम्झने एक व्यक्तिको जीवन संघर्षमा आधारित रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण