दशैंअघि नै नारायणीमा जहाज
नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्। नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको थियो।
रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाज निर्माणको अन्तिम चरणको काम भइरहेको छ। दैनिक १८ घन्टासम्म काम गरी दशैंअघि नै जहाज सञ्चालन गर्ने तयारी छ।
नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सिंगापुर र भारतका प्राविधिकले एक वर्षसम्म जलप्रवाह मापन तथा अन्य चुनौती अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन गरेका थिए।
पानीजहाज निर्माणका लागि करिब २५ करोड खर्च अनुमान गरिएको छ। भारतको ग्रान्ड्युर मरिन इन्टरनेसनल कम्पनीले नर्वेली प्रविधिमा पानीजहाज निर्माण गरिरहेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा रोशन पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण