गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु
मङ्गलबार, ३१ भदौ २०७६, १४ : २७
बुटवल– गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु भएको छ । भिरवाट खसेर मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका १ थामका ४३ वर्षीय वीरवहादुर केसी र मदाने गाउँपालिका ५ मलागिरीका नरे सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले जानकारी दिए । मदाने ५ मलायगिरीका सार्की घास काट्ने क्रममा भिरवाट खसेको परिवारको भनाई रहेको छ ।
त्यस्तै मुसिकोट १ का केसी सामान किन्न पसल गएको तर घर नर्फकेपछि खोज्ने क्रममा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक दुबैजनाको शवलाई जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि आज नै परिवारको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण