७० वर्ष कटेका यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा
काठमाडौं–पूर्ण सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले हवाइ भाडामा छुट दिन यसअघि नै सबै हवाइ सञ्चालकहरुलाई निर्देशन दिएका थिए । मन्त्री भट्टराईको यस निर्देशनलाई निजी हवाइ सञ्चालकले कार्यान्वयनमा ल्याउन नसक्ने भन्दै विरोध जनाएका थिए ।
तर सरकारी निर्देशन कार्यान्वयनमा अहिले सरकारी एयरलाइन्सनै अग्रसर भएको छ । ७० वर्ष पूरा भएको प्रमाणपत्रको आधारमा टिकटमा छुट हुनेछ ।
नेपाल एयरलाइनन्का सहप्रवक्ता सुलेख मिश्रले आजैको दिनदेखि कार्यान्वयनमा आएको जनाएका छन् । गत भाद्र ३० गते वाणिजय विभाग सम्बद्ध समिति (मार्केटिङ कमिटी) ले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने भनेपछि आन्तरिक उडानमा मात्र लागू हुने गरी छुटको व्यवस्था गरिएको मिश्रले बताए ।
तर यस्तो छुटको टिकट काट्नका लागि भने एयरलाइन्सको कार्यालयमै आइपुग्नुपर्ने उनले जानकारी गराए । एयरलाइन्सले छुट्टै सफ्टवेयर निर्माण नगरेसम्म टिकट काट्न कार्यालय नै धाउनुपर्ने भएको छ ।
नेपाल एयरलाइन्सले दशैतिहारलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ पनि खुला गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण