अक्षय कुमारले खुल्ला रुपमा रेलमा यात्रा गरे, मानिसहरुले चिन्न सकेनन् (भिडियो)
बलिउड नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका छन् जसमा उनी मुम्बई मेट्रोमा यात्रा गरिरहेको देख्न सकिन्छ । अक्षय कुमार यो आफ्नो यात्राको लागि निकै उत्साहित देखिएका छन् । भिडियोको क्याप्सनमा उनले लेखे, ‘आजका लागि मेरो राइड मुमबई मेट्रो । घाटकोपरदेखि वर्सोवासम्म ट्राफिकलाई पार गर्दै एउटा बोससँग यात्रा गर्यौं ।’
भिडियोमा अक्षय कुमार भनिरहेका छन्, ‘म यतिबेला मेट्रोमा छु । चुपचाप यहाँ आएको छु । म घाटकोपरमा यात्रा गरिरहेको थिएँ, त्यहाँबाट मलाई वर्सोवा पुग्नु थियो । मेरो नक्साले २ घण्टा पाँच मिनेट लाग्ने बताइरहेको थियो । मेरा साथी मेरो फिल्म ‘गुड न्यूज’ का निर्देशक हुन् । उनले मलाई मेट्रोबाट जाने बताए । मैले भीडभाड हुने बताएपनि उनले हेरौं न जाऔं भने । त्यसपछि मैले पनि ल त जोखिम मोलौं भनेँ । म एक–दुईजना सुरक्षाकर्मीसहित चुपचाप यता बसिरहेको छु ।’
अक्षयले २ घण्टाको यात्रा २० मिनेटमा गरेको बताए । उनले उक्त यात्रा आफूले निकै रमाइलो लागेको बताए । अक्षयले यसैबीच मेट्रोको अवस्था पनि देखाए जसमा मानिसहरु खचाखच भरिएका थिए । उनले भने, ‘मलाई लाग्छ कि यो एउटा यस्तो यातायात हो जुन निकै अग्लो छ त्यसकारण जमिनमा जतिसुकै पानी भएपनि यो प्रभावित हुनेछैन,’ उनले यो विशेष आइडियाका लागि राजलाई धन्यवाद पनि भनिन् ।
स्मरण रहोस्, अक्षय कुमार फिल्म ‘गुड न्यूज’ मा करिना कपुर खानसँगै देखिनेछन् । यो फिल्मको सुटिङको बेलाका केही तस्बिर सोसल मिडियामा सार्वजनिक भएका थिए । तस्बिरमा करिना कपुर खानलाई गर्भवतीको रुपमा देखाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण